सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी

 वैशाख २६, २०८२ शुक्रबार ९:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ ।

रुकुमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या अभियोगमा संलग्नलाई जातीय छुवाछूत अभियोगमा सफाइ दिएको भन्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई कारबाहीको मागसहित नवराज विकका बुबा मोहनलाल विकसहित पीडित परिवारले उजुरी दिएका हुन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ६ जनाको हत्या अभियोगमा जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसीर १९ गते जातीय विभेदकै कारण विकसहित ६ जनालाई कुटपिट गरी मारेको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

२०८२ साल वैशाख १६ गते उच्च अदालत सुर्खेतले २३ जनाको जन्मकैद सदर गर्दै जातीय अभियोग कसुरमा सफाइ दिएको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया