चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
रुपन्देही – राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।
कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भान्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँविरुद्ध राजस्व चुहावटसम्बन्धी कसूरमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार), मायादेवी गाउँपालिकाका–१ इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा २१ लाख ३८ हजार रुपैयाँ नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको जनाइएको छ ।
उनीहरुविरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरी कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।