भारत र पाकिस्तानबीचको तनावले शेयर बजारमा गिरावट

 वैशाख २६, २०८२ शुक्रबार १०:३:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतसँग तनाव बढेसँगै पाकिस्तानको शेयर बजार ओरालो लाग्न थालेको छ । हिजो पाकिस्तानी शेयर बजारमा ६ प्रतिशतले गिरावट आएको छ ।

भारतीय शेयर बजारमा पनि पहिरो गएको छ । भारत र पाकिस्तानबीच बढ्दो युद्ध तनावका कारण हिजो दुवै देशका शेयर बजार घटेर बन्द भएका हुन् ।

भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा आधा प्रतिशतको गिरावट देखिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको छ ।  त्यहाँ शेयर बिक्रीको दबाब परेको खबर छ ।

शेयर बजार घटेपछि  कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपरेको थियो । युद्ध तनावका कारण दुवै देशको मुद्रा बजारमा पनि तनाव देखिएको छ ।

भारतीय रुपैयाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ भने पाकिस्तानी रुपैयाँमा पनि गिरावट आएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया