आजदेखि दुई नयाँ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा

 वैशाख २६, २०८२ शुक्रबार १०:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् ।

यी चलचित्रहरूले नेपाली समाजका सामाजिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्ने अपेक्षा गरिएको छ ।

‘जार’ चलचित्रले जार सम्बन्धको कारणले समाजमा उत्पन्न हुने पारिवारिक, सामाजिक र व्यक्तिगत द्वन्द्वहरूलाई कथाको केन्द्रमा राखेको छ ।

फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको यस चलचित्रमा चलचित्रमा सौगात मल्ल, गीताञ्जली थापा अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ ।

यो चलचित्रले समाजमा विद्यमान परम्परागत संरचना र मान्यताहरूलाई पुनर्विचार गर्न दर्शकहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ ।

मुख्य पात्रहरूको सम्बन्धमार्फत समाजमा यस्ता सम्बन्धहरूले पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने परिणामहरूलाई रूपमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी, ‘ऊनको स्वीटर’ एक भावनात्मक पारिवारिक प्रेमकथा हो, जसले प्रेम, विश्वास र समर्पणको अनुभूति दिलाउने प्रयास गरेको छ ।

चलचित्र नवीन चौहानकाे निर्देशन,चिन्तन राजभण्डारीको छायाङ्कन र कृष्ण भण्डारीकाे सम्पादनमा बनेकाे छ । 

त्यस्तै सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको चलचित्रमा विपिन कार्की, मिरूना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ ।

कथाले जीवनका विभिन्न मोडहरूमा दुई पात्रबीचको सम्बन्ध कसरी अगाडि बढ्छ, र त्यो सम्बन्धले पारिवारिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने पक्षलाई उजागर गर्छ ।  
 

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया