टी–२० विश्वकप एशिया छनोटमा नेपाल र हङकङको खेल रद्द

 वैशाख २६, २०८२ शुक्रबार ११:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप कप २०२६ एशिया छनोटमा नेपाल र हङकङको खेल वर्षाका कारण रद्ध भएको छ ।

थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकि रद्द भएको हो ।

आजको खेलमा नेपाल र हङकङले अङ्क बाँडेका छन् । आजै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ ।

एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउँने छ । नेपालले अब भोलि बहराइनसँग खेल्नेछ । 

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया