चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाकाे एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको हप्ताको पहिलो दिन वैशाख २१ गते आइतवार सुनको भाउ तोलाकाे एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएकाे पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनकाे भाउ तोलामा ६ हजार सात सय रुपैयाँले बढी हो ।
यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।