भारत र पाकिस्तानबीचको सैन्य कारबाहीका कारण आईपीएल क्रिकेट रद्द

 वैशाख २६, २०८२ शुक्रबार १३:४४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रद्द गरेको छ । आजदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो ।

दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारबाही शुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबी तनाव शुरु भएपछि आईपीएल खेलाइने रङ्गशालाहरुमा पनि आक्रमणको धम्की प्राप्त भएका थिए ।

आईपीएल खेलिरहेका विदेशी खेलाडीहरुमा पनि त्रास देखिएको थियो । हिजोको खेल प्रभावित बनेको थियो । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गर्ने निर्णय भएको बीसीसीआईलाई उद्दृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।

आईपीएलको १८औँ संस्करणमा अहिलेसम्म ५८ खेल भएका छन् । जसमा गुजरात टाइटन्स ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा १६ अङ्कसहित रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दोश्रो स्थानमा, १५ अङ्कसहित पञ्जाब किङ्गस तेश्रो र १२ खेलमा १४ अङ्कसहित मुम्बई इन्डियन्स तालिकाको चौथो स्थानमा छ ।

यस्तै दिल्ली क्यापिटल्स पाँचौ, कोलकाता नाइट राइडर्स छैटौं, लखनउ सुपर जायन्टस् सातौं, सनराइजर्स हैदराबाद आठौँ, राजस्थान रोयल्स नवौं र चेन्नई सुपर किङ्गस तालिकाको पुछारमा छ । 

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया