चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
पाकिस्तानसँगको तनावकाबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले आज शीर्ष सैन्य नेतृत्वसँग छलफल गर्नुभएको छ । रक्षामन्त्री सिंहले आज नयाँ दिल्लीको साउथ ब्लकमा पश्चिमी सीमामा सुरक्षा अवस्था र भारतीय सशस्त्र बलको तयारीको समीक्षा गर्न उच्चस्तरीय छलफल गर्नुभएको रक्षा मन्त्रालयको जनसम्पर्क निर्देशनालयले जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
बैठकमा रक्षा प्रमुख जनरल अनिल चौहान, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठी, वायुसेना प्रमुख एयर चिफ मार्शल एपी सिंह र रक्षा सचिव राजेशकुमार सिंहको उपस्थिति थियो ।
भारतले जम्मूकाश्मीरको पहलगाममा भएको आक्रमणको लागि पाकिस्तानद्वारा प्रशिक्षित ‘आतङ्कवादी’ भनेर टिप्पणी गरेको छ । तर पाकिस्तानले यो आक्रमणसँग आफ्नो देशको कुनै पनि सम्बन्ध नरहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ ।
भारतले गएको मङ्गलवार रातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ । यसैबीच भारतका संघीय मन्त्रीहरू लगातार बैठकमा छन् । संघीय स्वास्थ्य मन्त्री जेपी नड्डाले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग छलफलको तयारी गर्नुभएको छ ।
त्यस्तै वित्तमन्त्री निर्मला सीतारमणले बैंक तथा वित्तीय संस्थाहरूको साइबर सुरक्षा तयारीबारे समीक्षा बैठक गर्न लागेको एनडीटीभीले जनाएको छ । गृहमन्त्री अमीत शाहले भारतीय अर्धसैनिक बलका महानिर्देशकसँग सीमा अवस्थाको समीक्षा बैठक गर्दै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।