धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो पुसदेखि शुरू हुने भएको छ । काभ्रेको धुलिखेलमा सम्पन्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारण सभाले लिग पुसको पहिलो हप्तादेखि गर्नेगरी क्यालेन्डर पारित गरेको हो । यो लिग २०८३ जेठ ३१ गतेसम्म चल्नेछ ।
यस्तै पहिलोपल्ट हुन लागेको महिला फ्रेन्चाइज लिग आउँदो मङ्सिरमा हुने भएको छ । एन्फाको साधारण सभाले सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार लिग मङ्सिर १५ गतेदेखि सञ्चालन गर्ने उल्लेख छ ।
महिला फ्रेन्चाइज लिगमा उत्कृष्ट डिभिजनका आठ क्लबले सहभागिता जनाउने एन्फाले जानकारी दिएको छ । माघ दोस्रो हप्तासम्म चल्ने फ्रेन्चाइज लिग एन्फाले नै आयोजना गर्न लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।