टी–२० महिला विश्वकपको एशिया छनोट : नेपालले बहराइनलाई ९ विकेटले हरायो

 वैशाख २७, २०८२ शनिबार ११:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराएको छ ।

आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले नेपाललाई जीतका लागि ४२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो ।

आजको खेलमा नेपालकी कविता कुँवरले ११ बलमा सर्वाधिक १८ रन बनाइन् । उनी रन आउट हुन पुगिन् । सम्झना खड्काले १० बलमा अविजित १३ रन र इन्दु बर्माले ५ बलमा ७ रन बनाइन् । बहराइनले निर्धारित ५ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाएको थियो ।

खेल ढिलो शुरू भएका कारण ५ ओभरमा झारिएको थियो । यसअघि हिजोको खेलमा मैदान ओसिलो भएका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले एक/एक अङ्क बाँडेका थिए ।

नेपालको दुई खेलमा तीन अङ्क भएको छ । एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल रहेको समूह ‘सी’मा  बहराइन र हङकङ छन् । नेपालले अब मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ । सुपर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

अन्तिम अपडेट: असार २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया