सगरमाथा संवाद तोकिएको समयमै हुने सरकारको भनाइ

 वैशाख २७, २०८२ शनिबार १२:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रभावित हुनसक्ने आँकलन गरिएको छ । सगरमाथा संवाद आउँदो शुक्रवारदेखि काठमाण्डौमा शुरू हुँदैछ ।

सरकारले सगरमाथा संवाद तोकिएको समयमै हुने जनाएको छ । विगतमा कोरोना महामारीका कारणले रोकिएको थियो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवम् सगरमाथा संवादको सचिवस्तरीय कमिटीका सदस्य–सचिव महेश्वर ढकालले यसपटक तोकिएकै समयमा कार्यक्रम हुने दाबी गर्नुभयो । उहाँले सगरमाथा संवादलाई भारत र पाकिस्तानको तनावले कुनै प्रभाव नपार्ने बताउनुभएको छ ।

सदस्यसचिव ढकालले सगरमाथा संवादका लागि सहभागिता सुनिश्चित गरेका कुनै पनि विदेशी प्रतिनिधिले सुरक्षा जोखिमबारे अहिलेसम्म चासो नदेखाएको पनि स्पष्ट पार्नुभयो । साथै प्रतिनिधिहरुले आफ्नो भ्रमण स्थगित गर्ने कार्यक्रमबारे पनि जानकारी नगराएको उहाँको भनाइ छ ।

सगरमाथा संवाद आउँदो जेठ २ देखि ४ गतेसम्म हुँदैछ । संवादमा जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल केन्द्रित हुनेछ ।

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया