आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा

 वैशाख २७, २०८२ शनिबार १६:५३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्ययीय टोलीको घोषणा गरेको हो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

टोलीमा रोहित र दीपन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल रहेका छन् ।

विश्वकप लिग–२ लगत्तै स्कल्याण्डमै हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छनोट भएका छन् । छनोट भएका खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नामावली लिग–२ को खेलहरू समापन भए सँगै सार्वजनिक गरिने क्यानले जनाएको छ ।

नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ । त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ‘ए’ टोलीसँग दुई वटा अभ्यास खेल्नेछ ।

नेपालले लिग–२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ । लिग–२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० शृङ्खला असार २ देखि शुरु हुनेछ । 

अन्तिम अपडेट: असार २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया