इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
असार २, २०८२ सोमबार
कङ्गोको पूर्वी क्षेत्रमा बाढीका कारण एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । कम्तिमा २८ जना घाइते भएका र झन्डै एक सय ५० वटा घर भत्किएका छन् । बिहीवार र शुक्रवारको मुसलधारे वर्षापछिको बाढीका कारण सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको कङ्गोको विपद् निकायलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
मुसलधारे वर्षाका कारण कासाबा नदीले खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएरको थियो । खोला नै थुनिएर ताल बनेको नदी किनारामा रहेका घरहरू भत्किएका छन् । ज्यान गुमाउनेहरुमा धेरैजसो बालबालिका र वृद्धवृद्धा रहेका छन् ।
स्थानीय बासिन्दाले एक सय १९ जनाको शव भेटिएको जानकारी दिएका खबरमा उल्लेख छ । क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण व्यापक मानवीय र भौतिक क्षति भएको बताउनुभएको छ । कङ्गोमा सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा बाढीबाट झण्डै चार सय जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।