भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
सोभियतकालीन एउटा अन्तरिक्षयान पाँच दशकपछि पृथ्वीमा फर्किएको छ । सोभियत सङ्घले सन् १९७२ मा शुक्र ग्रहमा प्रक्षेपण गरेको कोस्मोस–४८२ को ल्यान्डिङ मोड्युल शनिवार पृथ्वीमा खसेको रुसी अन्तरिक्ष एजेन्सी रसकसमसले जनाएको छ ।
रसकसमसका अनुसार कोस्मोस–४८२ को ल्यान्डिङ मोड्युल इन्डोनेशियाको पश्चिममा हिन्द महासागरमा खसेको छ । यसअघि वैज्ञानिकहरूको नियन्त्रणविना पृथ्वीतर्फ खसिरहेकोले यो आवासीय क्षेत्रमा पनि खस्न सक्ने भन्दै चिन्ता व्यक्त भएको थियो । तर जमिनमा नभई महासागरमा खसेकोले सम्भावित क्षति टरेको रुसी अन्तरिक्ष एजेन्सी रसकसमसको भनाइ छ ।
युरोपेली अन्तरिक्ष निगरानी केन्द्र (एसएसटी) ले भने वायुमण्डलमा प्रवेश गरेको थाहा भएको र त्यसपछि जमिनमा खस्यो कि वायुमण्डलमै जलेर नष्ट भयो भन्ने स्पष्ट भइनसकेको जनाएको छ ।
रकेटमा समस्या उत्पन्न भएपछि कोस्मोस–४८२ पृथ्वीको कक्षभन्दा माथि जान नसकेको हो । झन्डै पाँच सय किलो तौल भएको त्यो यान पृथ्वीको कक्षमै घुमिरहेकोमा पाँच दशकपछि आफ्नो सबै यात्रा अन्त्य गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।