भारतले दियाे ‘सगरमाथा संवाद’ का लागि १५ वटा विद्युतीय गाडी

 वैशाख २८, २०८२ आइतबार १५:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत सरकारले सगरमाथा संवादको पहिलो संस्करणका लागि १५ वटा विद्युतीय गाडी उपलब्ध गराएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई गाडी हस्तान्तरण गर्नुभएको हो । सगरमाथा संवाद आउँदो जेठ २, ३ र ४ गते काठमाण्डौमा हुँदैछ ।

मन्त्री राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि गाडी उपलब्ध गराएकाे भन्दै भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया