भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डौ – काठमाण्डौमा ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन आउँदो जेठ १ गते हुने भएको छ ।
जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था र इन्जिनियरिङ अध्ययन सस्थानको संयुक्त आयोजनामा हुने सम्मेलनको मुख्य उद्देश्य सिँचाइ र कृषि क्षेत्रबीचको सहकार्यबाट खाद्य प्रणालीको रूपान्तरणमा पानीको भूमिका पहिचान गर्नुरहेको छ ।
साथै पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि गहन छलफल गर्नु र नेपाल सरकारको कृषि तथा सिँचाइ रणनीति र दिगो विकास लक्ष्य नम्बर १, २, र ६ सँगको समन्वयमा कार्यदिशा तय गर्नुरहेको जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक इन्जिनियर मित्र बरालले जानकारी दिनुभयो ।
उहाँले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, जल तथा ऊर्जा आयोग, अनुसन्धान केन्द्र, प्रादेशिक सरकार, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, निजी क्षेत्र, विज्ञ, किसान, सिँचाइ उपभोक्ता सङ्घका प्रतिनिधि, गैरसरकारी संस्था तथा नागरिक समाजको प्रतिनिधि रहने याे सम्मेलनमा विषयसँग सम्बन्धित कार्यपत्र र विशेष प्रवचन हुने बताउनुभयो ।
सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइ : अभ्यास र चुनौती छलफल हुने छ । नेपालको कृषि क्षेत्र, खाद्य सुरक्षा र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको छ ।
कृषि क्षेत्रले जनसङ्ख्याको ठूलो हिस्सालाई रोजगारी दिइरहेको तथा कुल गार्हस्थ्य उत्पादनमा झन्डै २५ प्रतिशत योगदान पुर्याएको छ । तर जलवायु परिवर्तन, पर्याप्त मात्रामा पानीको अभाव तथा उचित व्यवस्थापनमा कमीका कारणले चाहिएको बेला, चाहिएको मात्रामा, सबै सिँचाइयोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउन सकिएको अवस्था छैन, यसका लागि सिँचाइ प्रणाली व्यवस्थापनमा विशेष जोड दिनुपर्ने आवश्यकता महसूस गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।