अमेरिका र चीन भन्सार शुल्क १ सय १५ प्रतिशतले घटाउन सहमत

 वैशाख २९, २०८२ सोमबार १३:५६:४३ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

अमेरिका र चीनले एकअर्काको देशबाट हुने आयातमा लगाएको भन्सार शुल्कमध्ये १ सय १५ प्रतिशत घटाउने भएका छन् । अहिले अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १ सय ४५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १ सय २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

अब अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत शुल्क लिने सहमति गरेका अमेरिकाका वित्त सचिव स्कट बेसेन्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो सम्झौता ९० दिनका लागि रहने छ । त्यसबीचमा थप वार्ता र सहमति गर्ने अमेरिकी अर्थमन्त्री बेसेन्टले बताउनुभएको छ ।

स्विट्जरल्यान्डकाे जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । सम्झौतापछि अमेरिकी अधिकारीहरूले महत्त्वपूर्ण उपलब्ध हासिल भएको झन्दै खुशी व्यक्त गरेका छन् ।

वार्तामा चीनका उपप्रधानमन्त्री र दुई उपमन्त्रीहरू तथा अमेरिकाको तर्फबाट वित्त सचिव स्कट बेसेन्ट र राजदूत जेमिसन ग्रिर सहभागी हुनुहुन्थ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरेपछि बढेको अमेरिका–चीन व्यापार युद्ध समाधान हुँदै गएको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया