निजी क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतले बढ्यो

 वैशाख २९, २०८२ सोमबार १५:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

साउनदेखि चैत मसान्तसम्मको नाै महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाहित भएको छ । यो अघिल्लो वर्षको यही अवधिको भन्दा ७ दशमलव १ प्रतिशत धेरै हो । गएको वर्षको साउनदेखि चैतसम्ममा निजी क्षेत्रमा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नाै महिनामा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । योसहित चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन भएको छ ।

कुल सङ्कलन भएकाे निक्षेपमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बचत खातामा बैंकहरूले औसत ३ दशमलव ३९ प्रतिशत ब्याज दिँदै आएका छन् । मुद्दती खातामा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ । यो खातामा औसत ६ दशमलव १० प्रतिशत ब्याजदर रहेको छ ।

२०७९ सालको पुषमा मुद्दती खाताको औसत ब्याजदर ११ दशमलव ४३ प्रतिशत रहेको थियो । तर पछिल्ला वर्षहरूमा बैंकमा लगानीयोग्य रकम अर्थात् तरलता थुप्रँदा ब्याजदर घटिरहेको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया