जडीबुटी–पेप्सीकोला सडकको दायाँबायाँका अवैध संरचना ३५ दिनभित्र हटाउन सूचना जारी

 वैशाख २९, २०८२ सोमबार १५:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सरकारले काठमाण्डाै जडीबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका संरचना खाली गराउने भएको छ । सडक विभाग र काठमाण्डाै महानगरपालिकाले संयुक्त सूचना निकालेर सडकको सीमा क्षेत्रभित्र नक्सा पास विना/नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ हटाउन ३५ दिनको अल्टिमेटम दिएको हो ।

सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ साल मङ्सिर १८ गते राजपत्रमा प्रकाशित सूचनानुसार जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा कायम रहेको साथै नेपाल सरकार र पालिकाबाट यही वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन चिनो लगाइएको उल्लेख छ ।

तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए प्रचलित नियमानुसार कारबाही गरिने सूचनामा भनिएको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया