हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने

 वैशाख २९, २०८२ सोमबार १५:४२:५८ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको छ । एडेन अलेक्ज्यान्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् । हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागका रूपमा यो कदम चालिरहेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भोलि मध्यपूर्वको भ्रमणमा जाँदै गर्दा हमासले एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको हो । हमासले यसले गाजाका नागरिकलाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको खबरमा उल्लेख छ ।

विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ । यसअघि हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा छ ।

यसैबीच इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाले एडेन अलेक्ज्यान्डरको रिहाइको बारेमा पहिले नै जानकारी गराएको बताएको छ । एडेन अलेक्ज्यान्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो भने उनी अमेरिकाको न्यु जर्सीमा हुर्किएका थिए ।

२१ वर्षीय अलेक्ज्यान्डरलाई गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेको समयमा अक्टोबर ७ मा हमासले बन्धक बनाएको थियो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया