देशका केही ठाउँमा ठूलो वर्षा : काभ्रेको पनौती र रोशीमा बाढी

 वैशाख ३०, २०८२ मंगलबार ६:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो देशका केही ठाउँमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभ्रेपलाञ्चोक, बारा, सिराहालगायतका ठाउँमा ठूलो पानी परेको हो ।

वर्षासँगै काभ्रेको पनौती र रोशीमा बाढी आएको छ । पनौतीमा कुलो तर्ने क्रममा एक महिलालाई बाढीले बगाएको काभ्रे प्रहरीले जनाएको छ ।

बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । अहिले पनि मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परिरहेको छ । आज कोशी, गण्डकी र बागमतीका पहाडी भेगमा पानी पर्ने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया