प्रि–मनसुनको बाढीले काभ्रेको पनौतीका बासिन्दा त्रासमा

 वैशाख ३०, २०८२ मंगलबार ७:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभ्रेको पनौतीमा हिजोको आरीघोप्टे वर्षा र त्यसपछिको बाढीले स्थानीयबासिन्दामा त्रास छाएको छ । बाढीले एक महिलालाई बगाएको छ भने खेतबारी, सडक, पुल र खानेपानीको पाइपमा क्षति पुगेको छ ।

हिजो दिउँसो कुलो तर्ने क्रममा पनौती नगरपालिका–५ की  २८ वर्षीय रेनुका गिरीलाई बगाएको र उहाँको अवस्था थाहा हुन नसकेको पनौती नगरपालिकाकी उपमेयर गीता बन्जराले जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासी आएको बाढीले मकै र आलुबालीमा क्षति पुगेको छ ।

गएको असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका स्थानीयबासिन्दालाई मनसुन शुरू नहुँदैको बाढीले झस्काएको छ ।

पनौतीमा हिजो दिउँसो १ बजेदेखि ५ बजेसम्म आरीघोप्टे वर्षा भएको थियो । बाढीले वडा नम्बर २, ३, ४, ५, ६, , ७, ८, ९, १० बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ । बाढीबाट भएको यकिन क्षतिको विवरण आज सङ्कलन हुने उपमेयर बन्जराले बताउनुभयो ।

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया