भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनलका लागि अस्ट्रेलियाको टोली घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको फाइनलका लागि आज १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यसअघि चोटका कारण भारतसँगको पाँच खेलको टेस्ट शृङ्खला गुमाएका अलराउन्डर क्यामरन ग्रीन अस्ट्रेलियाली टोलीमा फर्किएका छन् । साथै टेस्ट टोलीमा कप्तान प्याट कमिन्स र अर्काे तीव्र गतिका बलर जोश हेजलवूड पनि फर्किएका छन् । यी दुवैले चोटका कारण च्याम्पियन्स ट्रफी गुमाएका थिए र पछि आईपीएल २०२५ मा खेलेका थिए ।
अस्ट्रेलियाली टोलीमा प्याट कमिन्स, स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरन ग्रीन, जोश हेजलवूड, ट्राभिस हेड, जोश इङ्गलिस, उस्मान ख्वाजा, साम कन्स्टास, म्याथ्यु कुन्हेमान, मार्नुस लाबुशेन, नाथन लायन, स्टिभ स्मिथ, मिचेल स्टार्क र बेउ वेबस्टेर छन् ।
विश्व टेस्ट च्याम्पियनशिप फाइनल आउँदो जुन ११ देखि बेलायतको लर्ड्स क्रिकेट मैदानमा शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।