हिमालको पानी खाडीमा बेच्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

 वैशाख ३०, २०८२ मंगलबार १६:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा लागेको सरकारलाई निजी क्षेत्रले खाडीमा हिमालको पानी बेच्ने व्यवस्था गर्न माग गरेको गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटमा राख्ने कार्यक्रम सरकारलाई सिफारिश गर्दै खेतदेखि खाडीसम्म कार्यक्रम चलाएर यो व्यवस्था गर्न माग गरेको हो । महासङ्घका अनुसार सरकारले आउँदो बजेटमा यो कार्यक्रम राखेर नेपाली कृषि उत्पादन र पानी खाडीमा विस्तार गर्नुपर्छ ।

हिमालयको पानीको खाडी देशमा अत्यधिक माग छ । नेपालबाट दैनिक १२ भन्दा धेरै उडान मध्यपूर्व जाने गरेका छन् । यी जहाजमार्फत कृषि उत्पादन निर्यात गर्न विमानस्थलमा कोल्ड स्टोरेज, एक्स रे–मेशिन र वेयर हाउस सुविधा उपलब्ध गराइनुपर्ने निजी क्षेत्रको सुझाव छ ।

अहिले पनि नेपालबाट विभिन्न देशमा पानी निर्यात हुँदै आएको छ । नेपालबाट मिनरल वाटर, हिउँ पग्लिएको पानी र सुगर एडेड वाटर गरी तीन प्रकारका पानी विदेश निर्यात हुने गरेको छ । नेपालको पानी चीन र जापानमा निर्यात हुँदै आएको छ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कानुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पानीका विभिन्न उत्पादनहरू चीन, जापान र हङकङजस्ता प्रमुख बजारमा निर्यात भएको छ । यसले नेपाली पानीका उत्पादनहरूको अन्तर्राष्ट्रिय माग बढ्दै गएको स्पष्ट सङ्केत गरेको महासङ्घको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया