भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
खाडी क्षेत्रको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्नुभएको छ । आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा ट्रम्पले साउदीका युवराजसँग भेट गर्नुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को चार दिने भ्रमणमा अमेरिकामा उल्लेखनीय नयाँ लगानी सुरक्षित गर्ने आशा राख्नुभएको छ । ट्रम्पले यस भ्रमणमा घोषणा गर्ने सम्झौताहरूमा साउदीले १०० अर्ब डलरभन्दा बढीको अमेरिकी हतियार र अन्य सैन्य उपकरणहरू खरिद गर्ने सम्झौता पनि समावेश भएको बताइएको छ । ट्रम्पको प्राथमिकता सूचीमा कूटनीतिक वा सुरक्षा चासोको सट्टा आर्थिक मुद्दाहरू समावेश छन् ।
ट्रम्प, साउदी युवराज मोहम्मद बिन सलमान र रियादमा दिउँसोको खानामा सहभागी भएका विशिष्ट व्यक्तिहरूले एकअर्कासँग हात मिलाएका छन् । त्यहाँ ओपनएआई र एनभिडियाका प्रमुखका साथै ट्रम्पका सल्लाहकार एवम् टेस्लाका मालिक एलन मस्क पनि थिए । भ्रमणका क्रममा अरब नेताहरूले गाजामा पीडा कम गर्न ट्रम्पलाई दबाव दिने खबरमा उल्लेख छ ।
यसैबीच ट्रम्पले प्यालेस्टिनी विद्रोही समूह हमासले रिहा गरेको इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरसँग कुराकानी गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्यामा हमासले अलेक्जयान्डरलाई रिहा गरेको हो । हमासले यसलाई गाजामा युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक हिस्साका रूपमा लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।