धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डौ – केही दिनदेखि देशका धेरै ठाउँको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेकाले गर्मी बढी भइरहेको छ ।
पछिल्लो समय काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१–३३ डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो ३१ दशमलव १ डिग्री पुगेको काठमाण्डौ उपत्यकाको तापक्रम आज ३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ । यस्तै लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू–भागका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागलगायत पहाडी भू–भागका धेरै ठाउँमा अधिकतम तापक्रम बढेको छ । यस क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ । यसको प्रभावले कोशी प्रदेशकोमा अरु ठाउँमा भन्दा धेरै बादल लागेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । केही भू–भागमा बिहानै मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।