मुस्ताङमा आरी घोप्टे वर्षा हुन थालेको भन्दै स्थानीयवासीको चिन्ता

 वैशाख ३१, २०८२ बुधबार ९:०:३७ | रासस
unn.prixa.net

मुस्ताङ  – मुस्ताङका स्थानीयवासीले पछिल्लो समय जिल्लामा ‘आरी घोप्टे’ अर्थात् भारी वर्षा हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोमन्थाङ इन्टरनेशनल मिडिया समिट’ अन्तर्गत हिजो जोमसोममा सम्पन्न ‘जोमसोम क्लाइमेट वर्कसप’ कार्यक्रममा सहभागहिरुले विगतमा कम पानी पर्ने गरेकामा केही वर्षदेखि अत्यधिक वर्षा हुन थालेको बताएका हुन् ।

नेपाल पत्रकार महासङ्घ मुस्ताङका संस्थापक अध्यक्ष भीम रसाइलीले नेपालकै कम पानी पर्ने जिल्ला मुस्ताङमा पछिल्लो समयमा आरी घोप्टे वर्षा हुने गरेको र त्यसले कृषिलगायतका क्षेत्र प्रत्यक्ष प्रभावित भएको बताउनुभयो ।

जलवायु परिवर्तनकै कारण खानेपानी मुहान सुकेकै कारण गाउँलाई नै स्थानान्तरण गर्नुपरेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुनदेवी रसाइलीले धारणा राख्नुभयो ।

तापक्रममा आएको परिवर्तनकै कारण स्याउमा विभिन्न रोगहरू लाग्न थालेको बताउँदै स्थानीयवासीले यसको प्रभाव न्यूनीकरणतर्फ बेलैमा ध्यान नदिए भयावह अवस्था आउने बताएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले हिमालपारिको जिल्लाको नाम पाएको मुस्ताङ जलवायु परिवर्तनका असरका कारण कालापत्थरपारिको जिल्ला बन्छ की भन्ने चिन्ता बढाएको बताउनुभयो । 

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया