काठमाण्डौको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो

 वैशाख ३१, २०८२ बुधबार ९:१४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ ।

बिहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट शुरू भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको छ ।

आगलागीमा परेर एक जनाको ज्यान गएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो ।  मृतकको परिचय खुल्न बाँकी छ ।

६ वटा दमकलको सहयोगमा प्रहरी, सेना,स्थानीयलगायतले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । 

अन्तिम अपडेट: साउन २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया