बहराइनलाई हराउँदै नेपाल शीर्ष स्थानमा

 जेठ १, २०८२ बिहीबार १६:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको छ ।

वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु बर्माले ७ बलमा नटआउट २४ रन बनाइन् । बहराइनकी पवित्रा शेट्टीले ३ विकेट लिइन् ।

यसअघि थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । बहराइनकी रसिका रोड्रिगोले सबैभन्दा धेरै २४ रन बनाइन् । बहराइनका ३ जनै खेलाडी रनआउट भए ।

यो जीतसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ । यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । यो समूहको अन्तिम खेलमा भोलि बहराइन र हङकङ खेल्दैछन् । यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्ने/नपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हार्‍यो भने वा वर्षाका कारण याे खेल बिथाेलियाे भने नेपाल २ वटा खेल जितेकाे आधारमा सुपर थ्रीमा पुग्नेछ ।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया