कांग्रेस महामन्त्री शर्मा सगरमाथा चढ्दै

 जेठ १, २०८२ बिहीबार १८:४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । महामन्त्री शर्माले वसन्त ऋतुकाे सगरमाथा आराेहणका लागि पर्यटन विभागबाट अनुमति लिनुभएकाे छ ।

वसन्त ऋतुको हिमाल आरोहणमा अहिलेसम्म ५० जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । आज राति पनि धेरै आरोही चुचुरोमा पुग्ने योजनामा छन् ।

विभागको तथ्याङ्कानुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि अहिलेसम्म ४५ आरोही समूहका ४ सय ५८ जनाले अनुमति लिएका छन् । सगरमाथासहित २७ वटा हिमाल आराेहणका लागि १ सय २४ समूहका १ हजार १ सय ४० जनाले अनुमति पाएका हुन् ।

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया