अहिलेकै अवस्थामा नेपालमा फाइभजी सेवा सम्भव नभएको एनसेलको भनाइ
जेठ ३१, २०८२ शनिबार
काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । सुनको भाउ तीन हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एकैदिन तीन हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८१ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।
कारोबार भएको हप्ताको पहिलो दिन वैशाख २८ गते आइतवार सुनको भाउ तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा पाँच हजार सात सय रुपैयाँले घटेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय २५ रुपैयाँ रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।