भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – नेपाली महिला टाेली आईसीसी टी–२० विश्वकप एशिया छनाेटकाे 'सुपर–थ्री' मा प्रवेश गरेकाे छ ।
आज हङकङ र बहराइनबीचको समूह चरणकाे अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा सुपर–थ्रीमा प्रवेश गरेकाे हाे । नेपालले ४ खेलमा २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जाेडेकाे थियाे ।
हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जाेडेकाे छ । बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जाेडेर पुछारमा रह्याे ।
महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
अब नेपालले सुपर–थ्रीमा ५ गते साेमवार यूएईसँग र ६ गते मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ । यी दुवै टाेली नेपालभन्दा बलिया छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।