भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको पहिलो सेमिफाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल भारतको गोल्डेन जुब्ली स्टेडियममा अहिले दिउँसो पौने ४ बजे शुरू हुनेछ ।
नेपाल समूह ‘बी’ को उपविजेता र बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपालले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएको थियो । यस्तै बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दा दोस्रो खेलमा भूटानलाई हराएको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आजै राति पौने ८ बजे समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता माल्दिभ्स खेल्दैछन् ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।