भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – अहिले देशभरका सडक किनारमा ढकमक्क फूल फुलेका छन् । पात झरेर नयाँ पालुवा लागेका फूलका बोटबिरुवा आकर्षक देखिएका छन् । ढकमक्क फूलेका फूलले सडक सुन्दर देखिएका छन् ।
विशेषगरी ज्याकारान्डा र गुलमोहरको फूलले सडक नै रङ्गीचङ्गी देखिएका छन् । सडक छेउमा ढकमक्क फूलेका फूल हेर्नेहरूकाे भीड लाग्ने गरेकाे छ । सडकमा ती फूलसँगै तस्वीर/भिडियो खिँच्नेहरूको पनि कमी छैन ।
१. सुर्खेतको वीरेन्द्रनगर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको सडक किनारमा ढकमक्क फुलेको गुलमोहर । तस्वीर : सुरेश आचार्य/रासस
२. सुर्खेतको वीरेन्द्रगर नगरपालिकाको प्रशासकीय केन्द्र अगाडि ढकमक्क फुलेको गुलमोहरको फूल । तस्वीर : हेमन्त केसी/रासस
३. सर्लाहीको लालबन्दी नगरपालिकाअन्तर्गत पर्ने उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा रहेको पूर्व–पश्चिम राजमार्गको किनारमा ढकमक्क फुलेको गुलमोहर । तस्वीर : विश्वनाथ ठाकुर/रासस
४. काठमाण्डौको सुन्धारा सडकमा फूलेका ज्याकारान्डा र पृष्ठभूमिमा देखिएको धरहरा । तस्वीर : नेपाल पर्यटन बोर्ड
५. काठमाण्डौको सिंहदरबार अगाडिको सडकमा फूलेका ज्याकारान्डा । तस्वीर : नेपाल पर्यटन बोर्ड
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।