भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – सर्वाेच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट निवेदन दरपीठ गरिदिएको छ । पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेश भएको रिट निवेदन सर्वाेच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गर्नुभएको हो ।
सर्वाेच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार पौडेलको नाम सिफारिस समितिले प्रस्ताव नगरेको, रिटकर्ताले कुन कारणले सामूहिक हक अधिकारको हनन भएको भन्ने खुलाउन नसकेको लगायतका कारण पौडेलविरुद्धको रिट दरपीठ भएको हो ।
पौडेललाई गभर्नरमा नियुक्त गर्न लागिएको दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतीभा उप्रेतीले रिट निवेदन दिनुभएको थियो । गर्भनर हुन पौडेलको योग्यता नपुग्ने पनि रिटमा उल्लेख थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।