नेतान्याहुले बन्धक रिहाइकाे ‘ऐतिहासिक अवसर’ गुमाए : पीडित परिवार

 जेठ २, २०८२ शुक्रबार १८:५३:१२ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर, एजेन्सी

गाजा क्षेत्रमा बन्धक बनाइएका परिवारको प्रतिनिधित्व गर्ने मुख्य समूहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकहरूलाई रिहा गर्ने ‘ऐतिहासिक अवसर’ गुमाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रको भ्रमण सम्पन्न गरेसँगै बन्धक र बेपत्ता परिवार फोरमले बन्धक रिहाइको ऐतिहासिक अवसर गुमाउनु ठूलो असफलता हुने र यो सधैँका लागि बदनामीमा स्मरणीय रहने बताएको एएफपीले जनाएको छ ।

समूहले बाँकी सबै बन्धकहरूलाई एकै चरणमा रिहा गर्ने वातावरण बन्ने आशा पनि व्यक्त गरेको छ ।

ट्रम्पले आज बिहान संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा आफ्नो चार दिने मध्यपूर्व भ्रमण पूरा गर्ने तयारी गरिरहेका बेला गाजा नागरिक रक्षा एजेन्सीले प्यालेस्टिनी क्षेत्रमा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको बताएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार यसै महिनाको शुरूमा गाजा क्षेत्र पुनः कब्जा गर्ने योजनालाई सरकारले अनुमोदन गरेपछि सेनाले गाजामा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले इजरायलमाथि आक्रमण गर्दा झन्डै दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ५७ जना अझै गाजामा रहेका र जसमा ३४ जनाको ज्यान गइसकेको इजरायली सेनाले पुष्टि गरेको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया