सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेकाे छ : अध्यक्ष लिङ्देन

 जेठ २, २०८२ शुक्रबार १८:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले फरक विचारकै आधारमा राजसंस्था र हिन्दू राष्ट्र पक्षधरमाथि दमन भइरहेको बताउनुभयो । उहाँले देशमा सुशासनको माग गर्नेहरूलाई सरकारले दमन नै गरिराख्ने हो भने खुलेर विद्रोहमा जाऊ, जङ्गल पस भन्न सक्नुपर्ने चुनौती दिनुभयो । उहाँले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाका विरुद्धमा क्रियाकलाप गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

लिङ्देनले थुनामा रहेका राप्रपाका नेता, कार्यकर्तालाई विना शर्त रिहा गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अन्तिम अपडेट: जेठ २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया