माओवादी केन्द्रकाे दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरू

 जेठ २, २०८२ शुक्रबार १८:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरू गरेको छ । सुदूरपश्चिम प्रदेशको बैतडीमा पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुरुआत भएको हो । यही जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा समापन हुनेछ ।

अभियानकाे शुरुआत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि तराई/मधेशमा सञ्चालित हुलाकी मार्ग केन्द्रित जागरण अभियान सफल भएको पार्टीको निष्कर्ष रहेको बताउनुभयो ।

यसैबीच प्रचण्डले डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गर्नुभएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा हिजो डडेल्धुरा पुग्नुभएका प्रचण्डले देउवालाई फोन गरी आफू डडेल्धुरा आइपुगेको जानकारी गराएको बताउनुभयो । डडेल्धुरा देउवाको गृह जिल्ला हो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया