इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
असार २, २०८२ सोमबार
काठमाण्डाै – वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा आज पत्रकार सम्मेलन गरी विभागका उपमहानिर्देशक एवम् प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले रीतपूर्वक अनलाइन दरखास्त फारम प्राप्त भएपछि आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार केही दिनभित्रै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गरिनेछ । शिवाकोटीले सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्धार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग क्रियाशील रहेको दाबी गर्नुभयो ।
साइबर सुरक्षा नीति र एआई नीति प्रणालीमा आन्तरिकीकरण गर्न तत्काल कार्ययोजना बनाई लागू गरिने उपमहानिर्देशक शिवाकोटीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।