रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश

 जेठ २, २०८२ शुक्रबार १८:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सर्वाेच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएकाे छ ।

न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले केहीबेरअघि मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । मिश्रमाथि गएकाे मङ्गलवार ८औं पटक थप ५ दिन म्याद थप भएकाे थियाे ।

मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै उहाँकी श्रीमती सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिनुभएकाे थियाे ।

गएकाे चैत १५ गते राजावादीहरूले काठमाण्डाैकाे तीनकुने क्षेत्रमा गरेकाे प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले त्यही दिन मिश्रलाई पक्राउ गरेकाे थियाे । त्याे प्रदर्शनमा हिंसा भड्काउन संलग्न रहेकाे भन्दै प्रहरीले मिश्रलगायतमाथि विभिन्न अभियाेगमा अनुसन्धान गरिरहेकाे छ ।

अन्तिम अपडेट: जेठ २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया