न्यू पोर्ट क्लबसँगको अभ्यास खेलमा नेपाल तीन विकेटले विजयी

 जेठ ३, २०८२ शनिबार ६:१४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड शृङ्खलाको लागि तयारी गर्न बेलायत पुगेको नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ ।

कार्डिफमा हिजो भएको खेलमा न्यू पोर्ट क्रिकेट क्लबलाई नेपालले तीन विकेटले हरायो । नेपालले दुई सय १३ रनको लक्ष्य ३८ औं ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे।

खेलमा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गरे । गुलशनले ८० रन जोडे । आरिफ ७२ रनमा अविजित रहे ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । उनी आउट हुँदा नेपालले ५६ रनमा ६ विकेट गुमाएको थियो । त्यसअघि न्यू पोर्टले दुई सय १२ रन बनाएको थियो । यो खेलमा नियमित कप्तान रोहित पौडेल अनुपस्थित रहेका थिए ।

लिग–२ अन्तर्गत नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने शृङ्खला आउँदो जुन २ देखि १० तारिखसम्म हुनेछ ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया