अहिलेकै अवस्थामा नेपालमा फाइभजी सेवा सम्भव नभएको एनसेलको भनाइ
जेठ ३१, २०८२ शनिबार
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र हाजिरी जमानीमा रिहा हुनुभएको छ ।
गएको चैत १५ मा तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ गरेर प्रहरीले मिश्रमाथि सङ्गठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रवका तीन कसूरमा अनुसन्धान गरेको थियो ।
आठ पटक म्याद थप्दा पनि हिरासत लम्ब्याउने सरकारी प्रयास भएको भन्दै मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
हिजो सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दियो । सर्वोच्चको आदेशसँगै मिश्र हाजिरी जमानीमा रिहा हुनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।