प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी

 जेठ ३, २०८२ शनिबार ७:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सी र एस्टन भिल्ला विजयी भएका छन् ।

चेल्सीले म्यानचेस्टर युनाइटेडलाई एक गोलले र एस्टन भिल्लाले टोटनहमलाई दुई गोलले हरायो । जीतसँगै चेल्सीको ३७ खेलमा ६६ अङ्क भएको छ । चेल्सी तालिकाको चौथो स्थानमा छ । त्यस्तै एस्टन भिल्लाको ३७ खेलमा ६६ अङ्क नै छ ।

एस्टन भिल्ला पाँचौं स्थानमा रहेको छ । यसअघि नै च्याम्पियन लिगको उपाधि जितेको लिभरपुल ३६ खेलमा ८३ अङ्कसहित शीर्ष स्थानमा छ । उसले अर्को सिजन युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ ।

आर्सनल ३६ खेलमा ६८ अङ्कसहित तालिकाको दोस्रो, समान ३६ खेलमा ६६ अङ्कसहित न्युक्यासल तेस्रो स्थानमा छ । ३६ खेलमा ६५ अङ्क रहेको म्यानचेस्टर सिटी तालिकाको छैटौं स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया