गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेद्वारा सगरमाथा आधार शिविरको निरीक्षण

 जेठ ३, २०८२ शनिबार १५:४:४४ | रासस
unn.prixa.net

तस्बिर : रासस

सोलुखुम्बु – गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आधार शिविरको निरीक्षण गर्नुभएको छ । अहिले चलिरहेको आरोहणको अवस्था, आरोहीको सुरक्षा लगायत बिषयमा अनुगमनका लागि दुई जना मन्त्रिसहितको टोली बिहान सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकामा रहेको सगरमाथा आधार शिविरमा पुगेको हो ।

आधार शिविरमा आरोही एवम् पर्यटन व्यवसायीहरुमाझ बोल्दै उहाँले आरोही, व्यवसायी तथा सहयोगीहरु सबैको सुरक्षाका लागि सरकार तत्पर रहेको बताउनुभयो । यस्तै उहाँले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्ने पनि बताउनुभयो । अनावश्यक उडानलाई नियमन गरी आवश्यकताका आधारमा निर्वाध उडान हुनुपर्ने उहाँको भनाइ छ ।

गाउँपालिकाले हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न बारम्बार आग्रह गर्दै आएको हो । कार्यक्रममा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग पेश गरेका छन् ।

आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, आधारशिविरमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता माग प्रमुख छन् । अहिले सगरमाथामा आरोहण चलिरहेको छ ।

यस वर्ष सगरमाथा आरोहणका लागि चार सय ५८ जनाले अनुमती लिएका पर्यटन मन्त्रालयले जनाएको छ । एक सय जना भन्दा धेरैले आरोहण गरिसकेका छन् । मे २९ तारिख अर्थात् जेठको मध्यसम्म सगरमाथा आरोहण हुने गरेको छ । 

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया