भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डौ – सरोकारवालाहरुले जलवायु अनुकुलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् । हिजोदेखि शुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकुलनका लागि विज्ञान र प्रविधिको संयोजन विषयक समानान्तर सत्रमा वक्ताहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको विकासका साथै डिजिटल साक्षरतामा जोड दिएका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसीका महासचिव अब्दालाह मोक्स्सितले जलवायु परिवर्तनको मुख्य प्रभाव हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा परेको र समयमा अनुकुलनका उपायहरु अवलम्बन गर्न नसकेमा अझै बढी जोखिम बढ्ने बताउनुभयो ।
द एनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट भारतको महानिर्देशक विभा धवनले पछिल्लो समय कृषिमा प्रयोग हुने रासायनिक मलका कारण हरितगृह ग्यास उत्सर्जन बढाउनुका साथै पानीको स्रोत समेत प्रदूषण गराइरहेको भन्दै जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
जलवायुविद् डा. माधव कार्कीले स्थानीय तथा आदिबासी जनजातिको परम्परागत ज्ञानलाई पनि सम्बोधन गर्दै जलवायु अनुकुलका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
ग्रोनिङ्गेन विश्वविद्यालय, नेदरल्याण्ड्सका विज्ञान, प्रविधि र समाज विषयका प्राध्यापक प्राध्यापक डा. क्लाउस हुबासेकले प्रविधिको विकास, स्थानीय समुदायसँग समन्वय र सहभागितामा आधारित डिजिटल समस्याको समाधान गर्न सकिएमा जलवायु अनुकुलन प्रभावकरी हुने बताउनुभयो ।
संयुक्त राष्ट्र विश्वविद्यालय, वातावरण तथा मानव सुरक्षा संस्था जर्मनीका डा. स्टेफान श्नाइडरबाउअरले जलवायु परिवर्तनको समस्या भोगिरहेका समुदायलाई अध्यानअनुसन्धानबाट निस्किएको निष्कर्ष र तथ्याङ्कलाई निःशुल्क वितरणको व्यवस्था हुनुपर्ने र जलवायु न्यूनीकरका लागि क्षमता अभिवृद्धि तथा प्राविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असर बढि परेको भन्दै त्यस क्षेत्रमा डिजिटल साक्षरता बढाउनुपर्ने उहाँको भनाइ छ ।
उच्च हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्मका स्थानीय समुदायमा जलवायु परिवर्तनका प्रभाव अझ बढी परेको तापक्रम वृद्धिदेखि अनियमित वर्षा, हिमनदी पग्लिनु, हावाको प्रदूषण, वातावरणीय क्षति र जैविक विविधताको क्षयजस्ता समस्याले उनीहरुको जीवनयापन, खाद्य सुरक्षा र सांस्कृतिक सम्पत्तिलाई खतरामा पारिरहेको भन्दै वक्ताहरुले चिन्ता व्याक्त गरेका छन् । सत्रको सहजकर्ताको भूमिका, इन्जिनियरिङ र प्रविधि स्कूल, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका डीन संगम श्रेष्ठले निर्वाह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।