खेल रद्द भएसँगै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा पुग्न असफल

 जेठ ३, २०८२ आइतबार ५:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । दुवै टोलीले समान एक अङ्क प्राप्त गरेका छन् । यससँगै कोलकाता प्लेअफ दौडबाट बाहिरिएको छ भने बैंग्लुरु अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

भारत र पाकिस्तानबीचको सैन्य कारबाहीका कारण आइपीएल एक हप्ता रोकिएको थियो । त्यसपछि यो सिजनका बाँकी खेलहरू हिजोदेखि शुरु हुने भनिएको थियो । यद्यपि, हिजो साँझ एम चिन्नास्वामी रङ्गशालामा पानी पर्न थाल्यो र राति अबेरसम्म जारी रह्यो ।

यस्तो अवस्थामा खेल रद्द गरिएको हो । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किङ्गस तथा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ । 

अन्तिम अपडेट: जेठ २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया