देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना

 जेठ ४, २०८२ आइतबार ५:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । प्रि–मनसुनी प्रणाली अझै केही दिन रहने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया