भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ । केन्टकी राज्यका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म १८ जनाको ज्यान गएको छ भने मिसौरीमा सात जनाको ज्यान गएको पुष्टि भएको समाचारमा जनाइएको छ ।
अधिकारीहरूले ज्यान जानेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । मिसौरीका अधिकारीहरूका अनुसार झन्डै पाँच हजार भवनहरूमा क्षति पुगेको छ । धेरैको छाना उडेको छ र विद्युत् लाइनहरू ढलेका छन् । केन्टकी र मिसौरीमा झन्डै एक लाख ४० हजार घरधुरीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
सेंट लुइसका अधिकारीहरूले सबैभन्दा बढी क्षति भएका क्षेत्रमा घर–घरमा गएर खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । सबैभन्दा बढी क्षति भएका दुई क्षेत्रहरूमा दुर्घटना रोक्न र चोरी नियन्त्रण गर्न राति ९ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।