सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

 जेठ ४, २०८२ आइतबार ६:३२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै –  क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । प्यालेसले पहिलो पटक एफए कप उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा गएराति भएको खेलमा इबेरेची एजेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ ।

प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । सिटी यो सिजन ट्रफीविहीन भयो । प्यालेसले भने पहिलो पटक ठूलो उपाधि जितेको हो ।

अन्तिम अपडेट: जेठ २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया