भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीको काठमाण्डौमा प्रस्तुति

 जेठ ४, २०८२ आइतबार ७:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै काठमाण्डौमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा, प्राेसेस पाण्डे लगायतको प्रस्तुतिले हायात हाेटलकाे मैदान रौनकमय बन्यो । नोराले आफ्नो टोलीसँगै नाचेर दर्शकहरूलाई पनि नचाएकी छन् ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् । उनी यूएईबाट हिजाे नेपाल आएकी हुन् । उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य अस्ति नै नेपाल आइसकेका थिए । 

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया